एन्फाले ५० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

आगामी जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने प्रशिक्षणका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ५० जना खेलाडीलाई बोलाएका हुन्।

जुलाई एकदेखि सुरु हुने प्रशिक्षणमा खेलाडीहरूलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरिने एन्फाले जनाएको छ।

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडी :

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ।

एन्फाले ५० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

वितरणमुखी बजेट

एन्फाले ५० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

YUGAAWHAN NATIONAL DAILY (2078-03-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *