निषेधाज्ञा खुकुलो बनाइएसँगै मंगलबारबाट पठाओ सञ्चालन हुने

काठमाडौं । राइड सेयरिङ पठाओ कम्पनीले भोलि (मंगलबार)बाट सेवा सञ्चालन गर्ने भएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न दिने भएपछि कम्पनीले सेवा सञ्चालन गर्न लागेको हो ।
पठाओ कम्पनीका एक कर्मचारीका अनुसार जोरबिजोर प्रणालीबाट पठाओ सेवा दिइने छ । ‘भोलिबाट हाम्रो सेवा सुचारु हुने छ,’ती कर्मचारीले भने,‘राइडर अनिवार्य पिपिइ मास्क,पञ्जा लगाएका हुने छौँ,ग्राहकलाई पनि मास्क,सेनीटाइज गर्न लगाएर सेवा दिने छौँ ।’
त्यस्तै,टुटलले पनि मंगलबारबाटै सेवा दिने जनाएको छ । आइतबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुसँग बसेको बैठकले जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सार्वजनिक सवारीसाधन सञ्चालनमा भने अझै रोक लगाइएको छ ।






