शिक्षा क्याम्पसको नाम परिवर्तन अब ‘सुर्खेत बहुमुखी क्याम्पस’

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको शिक्षा क्याम्पसको नाम परिवर्तन गरिएको छ । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस रहेको यो क्याम्पसको नाम अब सुर्खेत बहुमुखी क्याम्पसमा रुपान्तरण गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले गएको भदौ २२ गते स्वीकृत नाम राख्न आवश्यक कार्याथ पत्र पठाएको थियो ।

२०२९ सालमा स्थापना क्याम्पसले हालसम्म शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर २०७७ चैत्र ४ गतेदेखी व्यवस्थापन संकाय अन्तरगत बीबीएस कार्यक्रम पठनपाठन शुरुगरेपछि साविकको नाम परिवर्तन गरिपाउँ भन्दै त्रिभुवन विश्वविद्यालयलाई शिक्षा क्याम्पसले पत्र पठाएको हो । तर त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले भने २०७७ फागुन १८ गते नै निर्णय गरेको र गएको भदौ २२ गतेबाट स्वीकृत नाम राख्न पत्र पठाएको हो ।
म्पस’






