कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको : प्रचण्ड

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको बताएका छन्।
सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताका व्यवहारले माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा फरक हुन नसकेको बताएका छन । उनले अहिले नेकपा माओवादी नाम मात्र भएको बताएका छन्।


‘नाम छ तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस‚ को माओवादी, को एमाले‚’ उनले भने‚ ‘त्यसैले हामीले थोरै मिहिनेत गर्‍यौं  भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’
यस्तै उनले माओवादी केन्द्र बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन । प्रचण्डले माओवादी केन्द्रका नेताहरुमा बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको उल्लेख गरे।
‘हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो,’ उनले भने‚ ‘यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ। जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो ।’
उनले समाजको विकास र न्यायका निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको : प्रचण्ड

नयाँ नोट आजदेखि साट्न पाइने

कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको : प्रचण्ड

शिक्षा क्याम्पसको नाम परिवर्तन अब ‘सुर्खेत बहुमुखी

Leave a comment

Your email address will not be published. Required fields are marked *