३१ दिनमा सकियो ‘आँधी तुफान–२’

काठमाडौं । फिल्म ‘आँधी तुफान-२’को छायाँकन सकिएको छ । ३१ दिनको छायाँकन पछि फिलम सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिए ।
काठमाडौं र धुलिखेलका बिभिन्न स्थानमा छायाँकन भएको फिल्म मदन घिमिरेले निर्देशन गरेका हुन् । फिल्मको एउटा गीत भने छायाँकन बाँकी रहेको छ । गीत खिच्नै पर्छ भन्ने चाहिँ नभएको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा कनिजका कोइराला,आरती आचार्य,याङ्सु श्रेष्ठ,सन्जित भण्डारी,पुस्कर राउत,संजय खतिवडा,सिवन लामा,रवि गिरी,सुदीप आचार्य,राजाराम गौतम,गोकुल सुवेदी,सान अधिकारी,सोनी बिसी,जोया बुढाथोकी,रुपा केसी,सरोज दाहाल,बिन्दीया ठकुरी,रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।
चक्र घर्ती मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स बिषयमा निर्माण भएको फिल्ममा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन,सुरेश अधिकारीको संगीत,हरि उप्रेती र दिनेश सुवेदीका गीत,रानी शाक्यको स्वर,कमल राईको छ ।
०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो फिल्म तयार भएको हो ।





