अग्रपंक्तिमा खटिने डाक्टर र स्वास्थ्यकर्मी सम्मानित

सुर्खेत । कोरोना संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका सुर्खेतका महिला डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । सुर्खेत महिला जेसीजले जेसीज सप्ताहको समापन कार्यक्रममा शुक्रवार चार जना महिला डाक्टरसहित सात जना फ्रन्टलाइनरहरुलाई सम्मान गरेको हो ।

डा. अर्चना कार्की, डा. विद्वता भट्टराई, डा. दुर्गा थापा र डा. सान्तम भट्टराईसहित आइसोलेशन इन्चार्ज सपना पहाडी, कल्पना शाही र प्रतिभा भण्डारीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङ, पूर्व अध्यक्ष ज्योति पौडेल, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष नन्दबहादुर विसीलगायतले सम्मान गरेका हुन् ।

कोभिड सुरु भएपछि बबई नाकादेखि कोरोना अस्पतालका वेडसम्म पुगेर संक्रमितहरुको अग्रपंक्तिमा खटिएर उपचार गरेका उनीहरु बास्तविक हिरो भन्दै उनीहरुलाई सम्मान गरिएको सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष एवं मूल्यांकनकर्ता प्रतिमा मल्लाहले बताइन् ।

सो क्रममा सम्मानित डा. अर्चना कार्की, डा. दुर्गा थापा र सपना पहाडीले आफूहरुले गरेको कामको मूल्यांकन गरिएकोमा निकै खुशी लाग्नुका साथै प्रोत्साहन मिलेको प्रतिक्रिया दिए ।

साथै आगामी दिनमा आफ्नो कार्य क्षेत्रमा थप क्रियाशील हुने प्रेरणासमेत थपिएको उनीहरुको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सुर्खेत महिला जेसीजले कोभिडमा अग्रपंक्तिमा खटिएका महिला डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेर उनीहरुको योगदानको कदर गरेको बताए ।

जेसीज सप्ताह समापन

यसैवीच सुर्खेत महिला जेसीजले विभिन्न रचनात्मक काम गरेर जेसीज सप्ताह मनाएको छ । गत साउन ३० गतेदेखि सुरु भएको सप्ताहको अवसरमा वक्तृत्वकला प्रतियोगिता, ज्येष्ठ नागरिकलाई खाना खुवाउने, साझा घरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग, उद्घाटन तालिम, सेल्फ मेकअप प्रतियोगिताको आयोजना गरिएको सुर्खेत महिला जेसीजका महासचिव सीता भण्डारीले बताइन् ।

शुक्रवार समापन कार्यक्रममा वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष नन्दबहादुर विसी, पत्रकार महासंघका अध्यक्ष ललित बसेल, द त्रिरत्न मिडियाका प्रवाशकुमार शाक्यलगायतले आगामी दिनमा नयाँ र थप रचनात्मक कामहरु गर्न सुझाव दिएका थिए ।

सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताह संयोजक एवं उपाध्यक्ष मीना गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्भने उपाध्यक्ष कमला बस्यालले स्वागत गरेकी थिइन् ।

अग्रपंक्तिमा खटिने डाक्टर र स्वास्थ्यकर्मी सम्मानित

रुकुमपश्चिममा पौडी खेल्दै गर्दा डुबेर दाजु भाई

अग्रपंक्तिमा खटिने डाक्टर र स्वास्थ्यकर्मी सम्मानित

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *