नेपाली कांग्रेसमा डिजिटल भोटिङको प्रविधि तयार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनमै डिजिटल भोटिङको प्रविधि प्रयोग गर्न सकिने जनाएको छ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको १४ औ महाधिवेशनमा केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने गरी डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरिएको जनाएको हो।

प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेमा शून्यबाट सुरु गर्नु नपर्ने गरी प्रविधिको विकास गरिएको उल्लेख छ।

विभागले डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत तय गरेको जनाएको छ।

विभागको तेस्रो पूर्ण बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न भएपछि ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेसमा डिजिटल भोटिङको प्रविधि तयार

‘अब कांग्रेस खरो रुपले नउत्रिए किसुनजी जस्ता

नेपाली कांग्रेसमा डिजिटल भोटिङको प्रविधि तयार

एमालेले पठायो एमालेकै २२ सांसदलाई स्पष्टीकरण पत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *