कर्णालीमा बजेट कार्यान्वयन गर्न माओबादी केन्द्रले बनायो समिति

सुर्खेत । कर्णाली प्रदेशसभाको गठनदेखि प्रदेशसभा र सरकारले गरेका काम कारवाहीबारे छलफल गर्दै नेकपा माओबादी केन्द्रले विभिन्न संयोजन समिति बनाएको छ ।

कर्णाली सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउनुका साथै सरकारलाई काममा रचनात्मक सुझाव सहित खवरदारी गर्न विभिन्न संयोजन समिति बनाईएको हो । तर समिति नेतृत्वको जिम्मेवारी कसलाई दिने भन्ने माओबादी केन्द्रले अँझै टुंगो लगाउन सकेको छैन ।

नेकपा माओबादी केन्द्र, कर्णाली प्रदेश सभा दलको कार्यालयले आज पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारी गर्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउन संयोजन समिति बनाएको जनाएको छ ।

दलका प्रमुख सचेतक ठम्मरबहादुर बिष्टको हस्ताक्षरमा जारी विज्ञप्तीमा बजेट कार्यान्वयनलाई प्रभावकारी ढंगले अघि बढाउन दलमा प्रतिनिधित्व गर्ने सांसदहरुको संयोजकत्वमा विकास निर्माणसँग सम्बन्धित बिषय लगाएत सरकारलाई सुझाब प्रदान गर्न विभिन्न संयोजन समिति गठन गरिएको उल्लेख छ ।

जसमा पूर्वाधार, मुख्यमन्त्री रोजगार, दलित, महिला, लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तीकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय, बजेट अध्यावधिक र कोभिड(१९ महामारी जस्ता बिषयगत समिति बनाएको हो । तर समिति निर्माण गरेपनि संयोजकमा जिम्मेवारी तोक्न बाँकी नै रहेको सचेतक बिष्टले बताए ।

कर्णालीमा बजेट कार्यान्वयन गर्न माओबादी केन्द्रले बनायो समिति

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

कर्णालीमा बजेट कार्यान्वयन गर्न माओबादी केन्द्रले बनायो समिति

सेयर बजारमा गिरावट, कारोबार पौने आठ अर्बमा

Leave a comment

Your email address will not be published. Required fields are marked *