चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

एजेन्सी । अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।

वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्‍याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।

युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा निजी संस्थाले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरेको छ। अमेरिकी सरकारले चीनले कन्ट्र्याक्ट ह्याकर संलग्न एक जासुसी संस्था खडा गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

Leave a comment

Your email address will not be published. Required fields are marked *