२०८३ जेष्ठ ३० गते
×

Now Playing

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

एजेन्सी । अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानले काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण गरेको छ। मंगलबार ९आज० अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै तालिबानले कयौं मोर्टार आक्रमण गरेको हो।

आक्रमण हुँदै गर्दा अफगानी राष्ट्रपति नमाज पढिरहेका बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपतिले नमाज पढिरहँदा सो दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको थियो।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय हताहती नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर खसेको जानकारी दिएका छन्।

आधिकारिक रूपमा हमलाको जिम्मा नलिएपनि सम्पर्कसूत्रहरूले तालिबानले नै सो हमला गरेको जनाएका छन्‌।

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत

Leave a comment

Your email address will not be published. Required fields are marked *