सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सर्वदलीय बैठकअघि दिउँसो २ बजे सत्तारूढ दल भित्र साझा धारणा बनाउन बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।

तर, विगत लामो समयदेखि दुवै सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले भने बैठकमा नजाने निर्णय गरेको छ ।

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने

चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने

भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

Leave a comment

Your email address will not be published. Required fields are marked *