जसले कलिलै उमेरमा बाल्यकालको सपना पुरा गर


खेमराज पोखरेल

इन्जिनियर, लेकवेशी नगरपालिका, सुर्खेत ।

२४ बर्षको उमेर सामान्यतया : परिपक्क होइन र मानिदैन । २४ बशन्तमा कमैले मात्रै जीवन बुझेका र भोगेका हुन्छन् । यही कारण कतिपयले २४ बर्ष उमेर समूहका नागरिकलाई अल्लारे भनेर सम्बोधन गर्छ । तर खेमराज पोखरेलले भने २४ बर्षमै कठिन मानिने इन्जिनियर पेशामा सफलता हात पारे। कलिलै उमेरमा बाल्यकालको सपना पुरा गरे । प्रस्तुत छ, हाल सुर्खेतको लेकवेशी नगरपालिका कार्यरत उनै पोखरेलको जीवन भोगाई र निजामति सेवाको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अशं :

सुखद् बाल्यकाल

खेमराज बुवा टिकाप्रसाद र आमा हरिमायाका दोस्रो सन्तान हुन् । २०५१ साल भदौं ४ गते वीरेन्द्रनगर–२ भैरवस्थानमाका उनको जन्म भएको हो । उनको बाल्यकाल निकै सुखद् रह्यो । साथीभाईसँग हाँस्दै खेल्दै हुर्किए । आफ्नै दिदी नै साथी बनिन् ।

स्कूलजाँदा होस् या घरमा दिदी नै साथी हुन्थिन् । एसोएस विद्यालय निजकै मामा घर छ । स्कूल जाँदा–आउँदा मामाघर पुग्थे । दाइ र भाइ (मामा छोराहरु) दौतरी थिए । हजुरआमा (मामाको आमा) बाट निकै माया र सद्भाव पाए । ‘ एक हिसावले भन्दा म हजुरआमाकै काखमा हुर्किएको हुँ’ उनी भन्छन्, ‘मेरो लागि मामाघर सानैदेखि प्यारो घर हो ।’

पढाईमा अब्बल

खेमराज चार बर्षकै उमेरमा स्कूल पुगे । सानै उमेर भएका कारण कक्षा १ मा दोहो¥याएर पढे । कालागाउँस्थिति एसोएस हर्मनमाइनर माध्यमिक विद्यालय नर्सरीदेखि एसएलसीसम्म अध्ययन गरे । काठमाडौंको सानोठिमीस्थित एसोएस हर्मनमाइनर माध्यमिक विद्यालय प्लसटु गरे । विज्ञान विषयमा प्सटु गरेपछि इन्जिनियरमा भविष्य खोजे ।

भक्तपुरस्थित खोपो कलेज अफ इन्जिनियरिङ्ग लिवालीबाट सिभिल इन्जिनियरिङ्ग गरेका उनले थापाथली क्याम्पसबाट भूकम्प इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर गरेका छन् । उनी सानैदेखि पढाईमा मेहनती गर्थे । मेहनतकै कारण अब्बल विद्यार्थी भए । उनले कक्षा आठदेखि स्नातकोत्तर तहसम्म विशिष्ट श्रेणी ल्याएका छन् । पढाई मात्रै होइन, उनी नृत्यमा पनि अब्बल छन् । विद्यालयस्तरमा हुने सांगितक गतिविधि र देउसीभैलो जस्ता कार्यक्रममा सहभागी हुन्थे । अहिले पनि सांगितिक क्षेत्रमा विशेष रुचि राख्छन् ।

त्यसपछि गणित रोजे…

गणित विषय प्रायः सबैलाई अप्ठेरो लाग्छ । अनेक सुत्रहरु घोक्न सबैले सहज मान्दैनन् । खेमराजलाई पनि त्यस्तै भयो । सानैदेखि कक्षादेखि गणित विषयमा धेरै रुचि राख्थेनन् । यही कारण गणित विषयमा आफूलाई कमजोर ठान्थे । तर कक्षा ९ मा गएपछि अर्थशास्त्र वा गणित विषय रोज्नुपर्ने बाध्यात्मक अवस्था थियो । भविष्यमा इन्जिनियर बन्ने सपना बोकेका उनले गणितभन्दा अर्थशास्त्र विषय सजिलो ठान्थे । तर दिदीले गणित विषय सजिलै गरी पढेका कारण उनले पनि गणित नै पढ्ने आँट गरे ।

निरन्तरको महेनत गणित विषय सहज भयो । गणित विषय अध्ययन गरेकै कारण प्सटुमा विज्ञान विषय पढ्न सहज भयो । उनी प्लसटुपछि इन्जिनियर पढ्ने चाहन्थे । तर चित्रहरु कोर्न (ड्रोइङ बनाउन) अप्ठेरो मान्थे । चित्र बनाउन असहज भएकै कारण सुरुमा उनले कम्प्युटर इन्जिनियर पढ्ने सोचे बनाए । तर रुचि सिभिल इन्जिनियर भएका कारण चित्र कोर्ट प्रयास गरे । संयोग चित्र बनाउन पनि सफल भए । त्यसपछि इन्जिनियर पढ्न सपना पनि सहज पुरा भयो । सुरुमा चित्र बनाउन कमजोर उनी पछि अब्बल नै भए । स्नातकोत्तर तह पढ्दै गर्दा स्नातक तहलाई पढाउने मौका पाए। गणित विषय पढ्न गरेको आँट र चित्र बनाउन गरेको मेहनतले सहजै लक्ष्यमा पुगे ।

छोराले सरकारी जागिर खाएको हेर्ने आमाबुवाको सपना कलिलै उमेरमा पुरा गरे । तीन पटकको प्रयासपछि २०७६ फागुन ५ गतेदेखि निजामति सेवामा प्रवेश खेमराज पोखरेल इन्जिनियर, लेकवेशी नगरपालिका, सुर्खेत । पाए । निजामतिमा प्रवेश गरेको दिन उनका लागि सबैभन्दा खुशीको क्षण बन्यो । समयले आफ्नै जिल्लामा कार्यक्षेत्र प¥यो । सुरुवातदेखि नै उनी लेकवेशी नगरपालिका इन्जिनियर पदमा कार्यरत छन् । त्यहाँ रहदासम्म लेकवेशीको विकास निर्माणमा सक्दो योगदान गर्ने अठोट छ

प्राविधिक मूल्याङ्कनको आधारमा विकासे आयोजनाको बजेट छुट्याउनुपर्छ

 विकासे आयोजनाहरु जनप्रतिनिधिको अनुकुल छनौट हुन्छ । जहाँ प्राविधिक मूल्याङ् कन नगरेरै बजेट निकासा गरिन्छ । अन्ततः आयोजनाको आवश्यकता भन्दा पनि बजेटको आधारमा काम गर्नुपर्ने बाध्यता रहन्छ । जसले गर्दा न आयोजना दीर्घकालीन हुन्छ न त समयमै सम्पन्न हुन्छ । बजेटको अभावमा कतिपय आयोजनाहरु बर्षाैदेखि अधुरै रहन्छन् ।

यदि, विकासे आयोजनालाई दीर्घकालीन र समयमै सम्पन्न गर्ने हो भने प्राविधिक मूल्याङ् कनलाई आधार बजेट बिनियोजना गर्नुपर्ने खेमराजको सुझाव छ । ‘ प्राविधिक मूल्याङ्कनको आधारमा बजेट बिनियोजन गर्दा आयोजना दीर्घकालीन हुने र तोकिएकै समयमा सम्पन्न गर्न सकिन्छ’ उनी भन्छन्, ‘ बजेटको आवश्यकतालाई ध्यान नदिएकै कारण धेरै आयोजनाहरु अधुरा हुन्छन् ।’

जसले कलिलै उमेरमा बाल्यकालको सपना पुरा गर

नेदरल्याण्ड्समा आजदेखि लकडाउन‚ लण्डनमा तयारी

जसले कलिलै उमेरमा बाल्यकालको सपना पुरा गर

हुम्लामा रुघाखोकी र ज्वरोका बिरामी बढ

Leave a comment

Your email address will not be published. Required fields are marked *