घुँयत्रो

यो मोरो राजनीति भन्ने चिज नी सारै घामड हुँदो रैछ के ! “म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भन्याझैँ“ जे नहोस् भन्यो त्यही हुने के ! हेर्नु न ओलीबाले प्रधानमन्त्री हुँदा के यसरी तीनै वर्षाँ छोडेर रातारात बाल्कोटै पुग्नुपर्ला भन्ने सोच्या हुँदा हुन् त ! काँट भैनभै माकुने र पिकेको गठबन्धनले तीनै वर्षा सत्ता छोडेर हिन्न परो ।
त्यतिमात्रै हो र ? सिंगै कमिनिस्टलाई एक बनाएर दुईतिहाईको सरकारको डिङहाँक्दै दुनियालाई थर्काएर हिँड्या बेलाँ र जनकपुराँ रेल दौडाउने, नारायणी नदियाँ पानी जहाज कुदाउने, मेलम्चीको पानीले धित मरुन्जेल नुहाउने, धरहरा माथियाट दुष्मन च्याउने, जस्ता थुप्रै काम गरम्ला भनेर सोचिरा बेलाँ काँ सदन भंग गर्न बाध्य हुँदा लास्टाँ बनिबनाउ पार्टी समेत फोडेर जानुपर्याे ।

सिंगो एमाले फुटेर आफ्ना साथी बिराना भएर उल्टै आँफैलाई गाली गर्न थाल्याछन् । यस्तो के ओलीबाले चाथेर ? चाथेनन् नी । त्यस्तै अवस्था प्रचण्ड कमरेडलाई भाछ । जतिसुकै मान्छे मार्या धाक लाएर चुनावाँ गए नी जनता माओवादीको हप्किदप्किसँग नडराएर चुनाव हरुवाँ माओवादीलाई पछ्छाडि पार्देछि चुनावाँ कमिनिष्ट एक हुम् भनेर एमालेसित मिलेर चुनावाँ गएछि ७५ जेठ तिनाँ ओलीबाको पार्टीसित एकीकरण गरी विलय भएर २÷३ नी ल्याइयो, बलियो नी भैयो ।
अब मौका परे प्रधानमन्त्री नि होइन्च भनेर ढुक्क भएर बस्या बेलाँ ओलीबा सन्केर सदन विघटन गर्नु अनि त्यै सनकाँ एउटा मोराले अदालताँ मुद्दा हाल्दा कताकताट रिङ्दै गएर एमाले र माओवादी छुट्टाछुट्टै हुन भनेर अदालतले ब्याखा गरेर आआफ्नो पार्टी सम्हाल्नपर्ने स्थिति जो आयो । त्यो के माओवादीले चाहेर आको हो र ? होइन नी । त्यसैले भन्या हो यो राजनीति पनि अचम्मको भनेर ।
अरुत अरु हाम्रै मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० बर्ष जनयुद्ध लडे । मठमन्दिर चैत्य गुम्वा देवी देबताका थान, काजकिरिया गर्या ठाउँ केही भनेन् । सबलाई भत्काउदै, कुच्दै टेक्दै गाली गर्दै दम्काउँदै हिँडे । धर्म मान्ने र त्यसको पक्षाँ बोल्ने सबलाई ६ इन्ची घटाईदिने कुरा गरे । जब चुनाव जितेर आए । मुख्यमन्त्री बने ।
तब देवी देवता नमानी भएन । अरु त अरु केहिदिन अघिमात्रै पचालझरना गाउँपालिकामा भवन शिलान्यास गर्ने पूजापाठगरी शिलान्यस गर्नुपर्यो रे भन्नेसमाचार पढनु पर्यो । त्यसैले यो राजनीति भन्ने कुरा अचम्म लाग्यो हो के । आफुले कता तोक्यो राजनितीले कता हान्छ थाहै नहुने के





