जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्…

एजेन्सी । अफगानिस्तानमाथि तालिबानले कब्जा गरेपछि विश्वभर अफगानीस्तानको विषयमा चर्चा सुरु भएको छ ।

अफगानी नागरिकहरुको दिनचर्यामा पनि परिवर्तन आउन थालेको छ । घरका भm्यालहरुमा कालो सिसा राख्न थालिएको छ । महिलाहरुले दराजमा बन्द गरेर राखेका बुर्काहरु निकाल्न थालेका छन् ।

तालिबानले कब्जा गर्नुअघि अफगानिस्तानका महिलाहरु स्वतन्त्र थिए । फिल्म उद्योगहरु पनि सञ्चालित थिए । जसको उदाहरणको रुपमा वीदा समद्जैलाई लिन सकिन्छ । वीदा मिस अफगानिस्तान हुन् । उनी एकपटक बिकिनी लगाएर निकै चर्चामा आएकी थिइन् ।

वीदा अफगानी मुलकी मोडल तथा अभिनेत्री हुन् । सन् १९७८ को फेब्रअरीको २२ तारिखमा जन्मिएकी उनले फिल्म तथा फेशनको क्षेत्रमा करियर बनाएकी छन् ।

सन् २००३ मा मिस अफगानिस्तानको ताज जितेकी वीदाले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा समेत भाग लिएकी थिइन् । उक्त अवसरमा उनले रातो बिकिनी लगाएर र्‍याम्पमा वाक गरेकी थिइन् । उनको उक्त र्‍याम्प वाक पछि अफगानी दर्शकले उनलाई निकै आलोचना गरे ।

उनको उच्च अदालतमा समेत आलोचना भएको थियो । उनलाई इस्लाम धर्मको विरुद्धमा अंग प्रदर्शन गरेको समेत आरोप लगाइएको थियो । उनलाई मिस अर्थ प्रतियोगितामा ‘ब्युटी फर द कज’ को उपाधिले सम्मान गरिएको थियो ।

जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्…

अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्…

फिल्म निर्माता चन्दन रोक्काको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *