अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

काठमाडौं । बलिउडमा चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ ।

संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।

कोइरालासँगै चलचित्रकर्मी, समाजसेवी विष्णुगोपाल श्रेष्ठ निर्माता राजकुमार राईलाई समेत संघले मानार्थ सदस्य प्रदान गरेको छ ।

संघले गतवर्ष माननीय रामवीर मानन्धर, कोमल ओली, अशोकव्याजु श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तिर्थ थापा, तत्कालीन बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदी (दुवसू)लाई मानार्थ सदस्य प्रदान गरेको थियो ।

अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

ओलीको दाबी : हामीले नै हो जुम

अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्…

Leave a comment

Your email address will not be published. Required fields are marked *