२२ नेतालाई गर्ने कारवाहीबारे बालकोटमा छलफल

सोमबारको केन्द्रीय समिति बैठक सकेर एमाले स्थायी समिति सदस्यहरु अध्यक्ष केपी ओलीको नीजि निवास पुगेका छन् ।

बालकोटस्थित अध्यक्ष ओलीको निवासमा अनौपचारिक छलफलका लागि स्थायी समिति सदस्यहरु त्यहाँ पुगेका हुन् । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर, उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेमा एमाले नेताहरुमा मतभेद रहेको छ । कतिपयले सर्वोच्चको फैसला अनुसार उनीहरुलाई देउवालाई मत दिएकै आधारमा कारवाही गर्न नमिल्ने धारणा राख्दै आएका छन् । तर यस्तो मत राख्नेहरूको संख्या झिनो रहेको छ । स्रोतका अनुसार अध्यक्ष ओली फ्लोर क्रस गर्ने नेताहरुलाई पार्टीको साधारण सदस्य नै नरहने गरी कारवाही गर्नुपर्ने पक्षमा छन् ।

यद्यपी यसबारे उनीहरुले दिने जवाफका आधारमा मंगलबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

‘खासगरी स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारवाही गर्ने भन्नेमा छलफल गर्न अध्यक्षकोमा स्थायी समितिका सदस्यहरुबीच अनौपचारिक छलफल राखिएको हो’, ओली पक्षीय एक स्थायी समिति सदस्यले भने, ‘चित्तबुझ्दो जवाफ आएन भने पार्टीको साधारण सदस्य नै नरहने गरी कारवाही गर्ने वा के गर्ने भन्नेमा समान धारणा बनाउन छलफल जरुरी भएको हो ।’

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले फ्लोर क्रस गरेर मतदान गरेका थिए । त्यसमा ओली पक्षका ८ र माधव नेपाल पक्षमा १४ जना रहेका थिए ।

 

२२ नेतालाई गर्ने कारवाहीबारे बालकोटमा छलफल

मोदीले गरे देउवालाई फोन, मिलेर काम गर्न

२२ नेतालाई गर्ने कारवाहीबारे बालकोटमा छलफल

कुम्भकर्णजस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *