दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो सेयर गरेर दिइन् जानकारी

एजेन्सी । बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् ।
नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग फोटो सेयर गर्दै यसबारे बताएकी हुन् । उनका अनुसार यो ‘खुसीको खबर’ सार्वजनिक गर्न उनलाई दुई दिन लाग्यो ।
नेहाले फोटो सेयर गर्दै लेखिन्, ‘क्याप्सन खोजी गर्न हामीलाई दुई दिन लाग्यो… र जुन उत्कृष्ट चिजबारे हामी सोच्न सक्थ्यौं, यो यही हो…. धन्य भगवान ।’
नेहा दोस्रो पटक गर्भवती भएको खबरपछि सानिया मिर्जा, भापना पाण्डे, फराह खान, रोहित रेड्डीसमेत थुप्रै सेलिब्रिटीले नेहा र अंगदलाई बधाई दिएका छन् ।
फराह खानले स्माइलिङ इमोजीसहित लेखिन्, ‘त्यसो भए म मानिसहरुलाई बताउन सक्छु नि ?’






