अनन्तको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक

काठमाडौं । अनन्तप्रसाद तिमिल्सिनाको निर्देशन रहेको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक भएको छ ।

पानस मिडियाको निर्माण रहेको फिल्ममा निर्देशक तिमिल्सिना सहित महेश खड्का र समिया कार्कीको मुख्य भूमिका छ ।

१८ मिनेटको सर्ट फिल्मले विशेषगरी दाजुभाईबीचको आत्मिक सम्बन्ध र बेरोजगारीको पिडा दर्साउन खोजेको छ ।

परिवारमा आपसी सद्भाव र सम्मान नहुँदा सिंगो परिवार कस्तो अवस्थामा पुग्छ भन्ने विषय फिल्म मार्फत देखाउन खोजेको निर्देशक तिमिल्सिनाले बताए ।

तारा थापा किम्भेको सम्पादन रहेको फिल्म अनन्त तिमिल्सिनाले नै लेखेका हुन् । फिल्ममा लगानी खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाको रहेको छ ।

अनन्तको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक

पिता राजेश खन्नाको पुण्यतिथिमा भावुक भइन् ट्वीङ्कल

अनन्तको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक

दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो

Leave a comment

Your email address will not be published. Required fields are marked *