पिता राजेश खन्नाको पुण्यतिथिमा भावुक भइन् ट्वीङ्कल : भिडियो सेयर गर्दै भनिन्, ‘मसँग उनको आँखा छ’

एजेन्सी । बलिउडका दिग्गज अभिनेता राजेश खन्नाको ९ औं पुण्यतिथिमा उनकी छोरी तथा नायिका ट्वीङ्कल खन्नाले उनलाई याद गरेकी छिन् ।

उनले आफ्ना दिवंगत पिता राजेश खन्नाको एउटा भिडियो सेयर गरेकी छिन् र योसँगै उनले सोसल मिडियामा एउटा पोस्ट पनि लेखेकी छिन् ।

ट्वीङ्कल खन्नाले १८ जुलाईमा आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा राजेश खन्ना सन् १९७४ मा रिलिज भएको फिल्म ‘आप की कसम’ को गीत ‘सुनो कहा, कहा सुना’ को सुटिङ गरिरहेका छन् ।

ट्वीङ्कल खन्नाले यो भिडियोसँगै लेखिन्, ‘मसँग उनको आँखा छ, मेरो छोरासँग उनको मुस्कान र संसारको मनमा उनी बसेका छन् । उनी अहिले पनि जिउँदो छन् ।’

सुटिङका बेला राजेश खन्ना पत्रकारसँग कुराकानी गरिरहेको पनि देखिएका छन् । पत्रकारले उनलाई गीतको सुटिङको अनुभवबारे सोध्छन् । यसबारे राजेश खन्ना भन्छन्, ‘मलाई यो मनपर्छ । यो रुखको वरिपरि दौडनुभन्दा राम्रो छ । यहाँ हामी चट्टानको वरिपरि बस्नु छ ।’

गीत ‘सुनो कहा’ सुटिङका बेला राजेश खन्नाले एक शट फाइनल गर्नका लागि थुप्रै टेक दिनुपरेको थियो । यसबारे प्रश्न गर्दा राजेश खन्नाले भने, ‘मलाई सुटिङमा कुनै समस्या हुँदैन । मलाई यसै पनि यो हिस्सा निकै मनपर्छ र बारम्बार दोहोराउनमा पनि मलाई राम्रो नै लाग्छ । ’

पिता राजेश खन्नाको पुण्यतिथिमा भावुक भइन् ट्वीङ्कल : भिडियो सेयर गर्दै भनिन्, ‘मसँग उनको आँखा छ’

संगीताको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक

पिता राजेश खन्नाको पुण्यतिथिमा भावुक भइन् ट्वीङ्कल : भिडियो सेयर गर्दै भनिन्, ‘मसँग उनको आँखा छ’

अनन्तको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *