संगीताको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक

काठमाडौं । तीज नजिकिदै गर्दा अचेल दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् ।
यस्तैमा गायिका संगीता सिवाकोटीको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक गरिएको छ ।
तिलक बस्नेतको शब्द, संगीत र स्वर रहेको चर्चित गीतमा सुदीप सागरको एरेन्ज छ ।
गीतको भिडियो समेत बनेको छ । जसको निर्देशन शिव बिकले गरेका हुन् ।
गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको अभिनय देख्न सकिन्छ ।






