माधवको नयाँ फिल्ममा संजित, खबपु र गोपाल

काठमाडौं । निर्देशक माधवराज खरेलले आफ्नो नयाँ फिल्ममा अभिनेताको रुपमा संजित भण्डारी भित्र्याएका छन् । यस अगाडि फिल्मका लागि खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालीस लगायत कलाकार चयन गरेका खरेलले फिल्मको नाम भने अहिलेसम्म गोप्य नै राखेका छन् ।

भदौको पहिलो साताबाट छायाङ्कनमा जाने तयारी गरिएको फिल्मको नाम मुहूर्तमा मात्र सार्वजनिक गर्ने निर्देशक खरेलले बताए । ‘फिल्मको कथा अनुसार अहिले जुन नाम जुरेको छ । त्यो भन्दापनि अझै राम्रो नाम जुर्छकी भनेर हामी निर्माण टिम नै लागेका छौ’ निर्देशक खरेलले भने, ‘अहिले राखिएको नाम परिवर्तन हुन सक्ने भएकोले सार्वजनिक नगरेको हो ।’

पिम नेपालको प्रस्तुति रहने फिल्ममा मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत समेतको अभिनय रहनेछ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर समेत रहेको छ ।

‘ढुङ्गे युग’,‘विरानो माया’,‘कुइनेटो’ लगायत फिल्म निर्देशन गरेका खरेलले यो फिल्म वैशाखमै छायाँकन योजना बनाएका थिए । कोरोनाको दोस्रो लहर सुरु भएको कारण उनको सो योजना भने सफल हुन सकेन । साहिल चौधरीको छायाँकन, किरण दाहालको द्वन्द्व रहने फिल्मकी निर्माता कमला जोशी हुन् ।

माधवको नयाँ फिल्ममा संजित, खबपु र गोपाल

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४१ लाख

माधवको नयाँ फिल्ममा संजित, खबपु र गोपाल

संगीताको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *