विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४१ लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६७५ जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३५२ पुगेको हो।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ६ लाख २४ हजार ७५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा ५ लाख ४२ हजार २६२, भारतमा ४ लाख १४ हजार १४१, मेक्सिकोमा २ लाख ३६ हजार र पेरुमा १ लाख ९५ हजारको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा इन्डोनेसियामा १ हजार ९३, ब्रजिलमा ९३९, रसियामा ७६४ र भारतमा ५०१ जनाको मृत्यु भएको छ। यस्तै, बेलयायतमा ४८ हजार, इन्डोनेसियामा ४४ हजार ७००, भारतमा ३८ हजार ३२५, ब्रजिलमा ३४ हजार र रसियामा २५ हजारसहित विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन्।

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४१ लाख नाघ्यो

मुम्बईमा बाढीले घर भत्कायो, २५ जनाको मृत्यु

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४१ लाख नाघ्यो

माधवको नयाँ फिल्ममा संजित, खबपु र गोपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *