मुम्बईमा बाढीले घर भत्कायो, २५ जनाको मृत्यु

एजेन्सी । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो। बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्। बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ।

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन्। अरूको अन्य ठाउँमा मृत्यु भएको हो।

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो। घटनामा परी अरु सात जना घाइते समेत भएका छन्। उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

मुम्बईमा बाढीले घर भत्कायो, २५ जनाको मृत्यु

सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था हामीले गरेका

मुम्बईमा बाढीले घर भत्कायो, २५ जनाको मृत्यु

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४१ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *