‘ब्लरर’बाट निर्माता बनिन् तापसी

एजेन्सी । अभिनेत्री तापसी पन्नुले फिल्म ‘ब्लरर’ को सुटिङ सुरु गरेकी छन् । केही समय पहिले आफ्नो प्रोडक्सन हाउस घोषणा गरेकी उनले आफ्नो प्रोडक्सनको पहिलो फिल्मको रुपमा ‘ब्लरर’ सुरु गरेकी हुन् ।
निर्माण युनिटले फिल्मको मुर्हूत सटको तस्बिर समेत सार्वजनिक गरेको छ । फिल्म ‘ब्लरर’को सुटिङ आंशिक रुपमा नैनीतालको हेरिटेज इमारतोंमा माल रोड र रुसी बाईपासमा गरिनेछ ।
सधै दमदार अभिनय मार्फत दर्शकको मन जित्दै आएकी तापसी यसै फिल्मबाट निर्माता समेत बनेकी छन् । फिल्मको निर्देशन अजय बहलले गरेका हुन् । जो फिल्म ‘सेक्सन ३७५’का कारणले चिनिएका छन् ।
पवन सोनी र अजय बहलको लेखन रहेको फिल्म एक मनोबैज्ञानिक थ्रिलर फिल्म हो ।






