यी हुन् फ्लोर क्रस गर्ने कर्णालीका सांसदहरु

काठमाडौँ । संघीय संसदमा एमालेबाट फ्लोर क्रस गरेर कर्णालीका तीन जना सांसदले कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आइतबार राती प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा कर्णालीबाट तीन जना सांसदले फ्लोर क्रस गरेका हुन् ।

एमालेका २२ जना सांसदले फ्लोर क्रस गर्दा कर्णालीका तीन जना सांसद परेका हुन् । ती हुन्, दैलेखकी सांसद पार्वती विसुंखे, डोल्पाका धनबहादुर बुढा र मुगुका गोपाल बम  कर्णाली प्रदेशबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सांसदले आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।

यसअघि यी सांसद ओली पक्षका लागेको हल्ला पनि थियो । तर अन्तिम समय उनीहरु माधव नेपालबाट खुलेका छन् । एमालेले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसमध्ये माधव नेपाल समूहले समेत विश्वासको मत दिने निर्णय गर्दा अन्तिम समय बाहिरिएको थियो । यद्यपी एमालेका २२ जना सांसदले फ्लोर क्रस गरे ।

त्यसमध्ये प्रेम आले, किसान श्रेष्ठ लगायत तीन जनाले फ्लोर क्रस गरे । जसले धेरैलाई अचम्मित पारेको छ । सुदूरपश्चिमबाट निर्वाचित एमाले धेरै सांसदले फ्लोर क्रस गरेका हुन् । माधव नेपाल, विरोध खतिवडा लगायतले पनि विश्वासको मत दिए ।

यसले कर्णालीमा यसअघि माओवादीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई एमालेकै चार जना सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएको मोडल काठमाडौँमा पनि लागू भएको देखिएको छ ।

यी हुन् फ्लोर क्रस गर्ने कर्णालीका सांसदहरु

जुम्ला र सुर्खेतमा युवाहरूको कोरा साइक्लिङ

यी हुन् फ्लोर क्रस गर्ने कर्णालीका सांसदहरु

बजेट खर्चमा सुधार

Leave a comment

Your email address will not be published. Required fields are marked *