२०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

ओलीकै पथमा देउवा !

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

जुम्ला र सुर्खेतमा युवाहरूको कोरा साइक्लिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *