२०८३ जेष्ठ ३० गते
×

Now Playing

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

काठमाडाैं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल सारिएको थियो ।

उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । दुवै सन्तान अमेरिकामा रहेका छन् । सम्झना, वरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायत कयौं सुपरहिट फिल्म छायाँकन गरेका राना फिल्म ‘माइली’का निर्माता समेत थिए । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका राना अभिनय समेत गर्दथे ।

रानाको छोरा अमेरिकाबाट बुधवार नेपाल आउने भएकोले सोही दिन बिहान ९ बजे रानाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काको भनाई रहेको छ ।

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

नितिनको ‘कसम हो कसम’ सुधीर र नग्माको

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

फेरि बिकनीमा अदिती

Leave a comment

Your email address will not be published. Required fields are marked *