नितिनको ‘कसम हो कसम’ सुधीर र नग्माको रोमान्स

काठमाडौं । लोकप्रिय गायक नितिन गजुरेलले नयाँ गीत ‘कसम हो कसम’ ल्याएका छन् । आकर्षक भिडियो समेत बनाइएको गीतमा मुनाल शिशिर कोइरालाको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ ।
नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् । मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।
मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्काको सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।






