‘रिस्क’ लिँदै ‘एक’

काठमाडौं । कोरोना महामारीसँगै थला परिरहेको नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ । महामारीका कारण दुई वर्षदेखि चलचित्र घर बन्द छ ।

चलचित्र उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिजिल’को प्रयास थालेको छ । चलचित्रको डिजिटल (मोसन) पोस्टर सार्वजनिक गरेको छ । नेपाली चलचित्र क्षेत्रमा सम्भवत ः यो पहिलो नयाँ प्रयोग हो ।

मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरू मार्फत प्रदर्शन हुनेछ । ‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ । विश्वका धेरै ठूला चलचित्र उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्’ निर्देशक मनोज पण्डित भन्छन् ‘अब नेपाली चलचित्र क्षेत्रमा पनि यसको विकल्प छैन । कसै न कसैले त सुरुवात गर्नैपथ्र्यो । यो रिस्क चलचित्र ‘एक’ मार्फत हामीले लिएका छौं ।’

नेपाली राजनीतिमा भएको विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेप बिषयमा बनेको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल छन् । पोखरेलले चलचित्रमा एक गुप्तचरको भूमिका निभाएका छन् । खासगरी राजनीति मार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ ।

चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ । यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशाला चलचित्र निर्देशन गरेका मनोज पण्डितले फिल्मको निर्देशन गरेका हुन् ।

प्रमोद खड्काको एक्सा रहेको चलचित्रमा प्रमोद अग्रहरिको पनि मुख्य भुमिका रहेको छ । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन्।

‘रिस्क’ लिँदै ‘एक’

सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’

‘रिस्क’ लिँदै ‘एक’

नितिनको ‘कसम हो कसम’ सुधीर र नग्माको

Leave a comment

Your email address will not be published. Required fields are marked *