सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’

काठमाडौं । पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् ।

केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’ गीत सार्वजनिक गरेका थापाले अहिले फेरि तीज गीतको भिडियो बनाएका छन् ।

थापाको निर्देशन रहेको तीज गीत भिडियो ‘आउँ साथी नाचौँ गाउँ’ सार्वजनिक भएको छ । सीमा शाहको स्वर तथा भामा देवकोटा शर्माको शब्द रहेको गीतमा करणराज कार्कीले सङ्गीत दिएका छन् । गीतमा विजेश्वर तण्डुकारको सङ्गीत संयोजन छ ।

रामेश्वर कार्कीको छायाङ्कन रहेको भिडियो अराज केशव गिरीले सम्पादन गरेका हुन् । विनिता खड्काद्वारा कोरियोग्राफी गरिएको भिडियोमा विनिता खड्का थापा, भामा शर्मा, नम्रता शर्मा, मिनिता श्रेष्ठका साथमा बाल कलाकारहरू आर्या भट्टराई, प्रसिस शर्मा, प्रत्यूस शर्मालगायतको अभिनय देख्न सकिन्छ ।

सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’

चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’

‘रिस्क’ लिँदै ‘एक’

Leave a comment

Your email address will not be published. Required fields are marked *