चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

एजेन्सी ।  अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ ।

समाचारका अनुसार न्युयोर्कको सुप्रिम कोर्टमा जेसी नामकी महिलाले मुद्दा दर्ता गराएकी छन् । जसमा भनेकी छन् ‘अप्रिल, मे १९६५ को ६ हप्ताको दौरानमा डिलनले आफ्नो यौन शोषण गरेका थिए ।’

हाल ६८ बर्षकी महिला जेसीले गत साता डिलन बिरुद्ध एक उजुरी दर्ता गराएकी छन् । जसमा डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा उठाउँदै मदिरा खुवाएर कयौं पटक आफ्नो यौन शोषण गरेका थिए ।

नोवल पुरस्कार विजेता डिलनले भने ती महिलाको आरोपको खण्डन गरेका छन् । ५६ वर्ष पुरानो जेसीको दाबीमा कुनै सत्यता नरहेको डिलनका प्रवक्ताले बताएका छन् ।

न्युयोर्कका संगीत सिताराको रुपमा परिचित डिलनको सक्कली नाम रोर्बट एलेन जिमरम्यान हो । उनले कयौं पटक ग्रामी पुरस्कार समेत प्राप्त गरेका छन् । यसको अलवा उनले साहित्यको नोवल पुरस्कार समेत पाएका छन् । डिलन अहिले ८० वर्ष भएका छन् ।

चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *