राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति भण्डारीद्वारा अध्यादेश प्रमाणीकरण भएसँगै जारी भएको हो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।

संसद् अधिवेशन चालु नरहेको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संवैधानिक व्‍यवस्था छ। सरकारले संघीय संसदका दुवै सदनको चालु अधिवेशन हिजो मात्र अन्त्य गरेको थियो।

राजनीतिक दलसम्बन्धी यसअघिको ऐनमा दल विभाजन गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या अनिवार्य हुनुपर्ने कानुनी व्‍यवस्था थियो। यस ऐनलाई संशोधन गर्न ल्याइएको यस अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउनेछ।

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

तालिबानका प्रवक्ताको दाबी : अफगानिस्तानमा महिला पढ्न

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

Leave a comment

Your email address will not be published. Required fields are marked *