फेरि बिकनीमा अदिती

काठमाडौं । सीसँग स्क्रिन शेयर गर्दै ‘कृ’बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् अभिनेत्री अदीति बुढाथोकीले । यसै फिल्मबाट राम्रो चर्चा बटुलेकी उनको सौन्दर्यको चर्चा भारतीय मिडियाले समेत बेलाबेलामा गर्ने गरेका छन् ।
केही अगाडि ‘एबीपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिँदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाएको थियो ।
उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउँदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । सो समय उनका तस्बिर इस्टाग्राममा भाइरल भएका थिए । झापा, दमकमा जन्मिएकी अदिती पछिल्लो समय मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।







