युरोपमा अत्यधिक वर्षापछिको बाढी : १५३ को मृत्यु 

एजेन्सी । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको छ। त्यसैसँगै बाढीबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बाढीबाट सबैभन्दा धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ। साथै हराइरहेका मानिसहरूको संख्या बढी रहेको बताइएको छ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ। यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ। यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन्।

युरोपमा अत्यधिक वर्षापछिको बाढी : १५३ को मृत्यु 

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख

युरोपमा अत्यधिक वर्षापछिको बाढी : १५३ को मृत्यु 

काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *