यादव पक्षको बहस सकियो, ठाकुर पक्षको जारी

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ।

यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन्।

महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि केही समयका लागि ब्रेक भएको आयोगले जनाएको छ।

उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरेको छ।

यादवको कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट गर्न आधिवक्ताहरुले आग्रह गरेका छन्।

ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

ठाकुरको पक्षमा जसपाका कार्यकारिणी सदस्य समेत रहेका अधिवक्ता लक्ष्मणलाल कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो, प्रकाश केसी, विजयकान्त न्यौपाने, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने बुझिएको छ। दुवै पक्षको बहस आजै सकिने आँकलन आयोगले गरेको छ।

यादव पक्षको बहस सकियो, ठाकुर पक्षको जारी

म जीवन बचाउने सन्देश कुरिरहेछुु

Leave a comment

Your email address will not be published. Required fields are marked *