चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो

काठमाडौं चीनबाट कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए। उनका अनुसार आज आएको खोप विभिन्न चरणमा देशका सबै जिल्लामा पठाइने छ।


खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो। सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

काटुन

Leave a comment

Your email address will not be published. Required fields are marked *