अभिनेत्री शिल्पा शेट्टीका पतिराजकुन्द्राविरुद्ध १५ सय पेजको आरोपपत्र

पोर्नोग्राफी केसमा हिरासतमा परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राविरुद्ध मुम्बई क्राइम ब्रान्चले करिब १५ सय पेज लामो आरोपपत्र दायर गरेको छ। जसमा शिल्पाले प्रहरीलाई दिएको बयान पनि समावेश गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शिल्पाले आफ्ना पतिले के गरिरहेका छन् भन्ने कुराको आफूलाई जानकारी नभएको बताएकी छन्। उनले भनेकी छन्, । म काममा यति धेरै व्यस्त रहन्थेँ कि मलाई राज के गरिरहेका छन् भन्ने कुराको जानकारी नै थिएन।साथै उनले आफ्ना पतिले चलाउने हटसट्स र बोली फेम जस्ता एपको बारेमा पनि आफूलाई कुनै पनिजानकारी नभएको बताएकी छन्।


गएको जुलाई १९ मा राज हटसट्स नामक एपबाट अश्लील चलचित्र प्रशारण गरेको आरोपमा पक्राउ परेका थिए। उनीमाथि फिल्म लाइनमा संघर्षरत महिला कलाकारको कमजोर आर्थिक अवस्थाको फाइदा उठाइ अश्लील चलचित्रमा काम गर्न लोभ देखाएको आरोप पनि छ। यो केसमा राजसँगै रेयान थोर्प पनि समातिएका थिए। उनीहरू अहिले प्रहरीको कस्टडीमै रहेका छन्।
आफ्नो पहिलो पत्नी कविता कुन्द्रासँग सम्बन्धविच्छेद भएपछि सन् २००९ मा उनको विवाह बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग भएको थियो। उनीहरू दुई सन्तानका अविभावक पनि हुन्।

 

सुनको मूल्य आज तोलामा १ हजार ४००

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *