भारतीय प्रधानमन्त्री मोदीकाे ७१औँ जन्मोत्सवकाे, देउवाद्वारा शुभकामना
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन्।

१७ सेप्टेम्बर १९५० मा गुजरातमा जन्मिएका प्रधानमन्त्री मोदी सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए। सन् २०१४ को लोकसभा चुनावमा उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका थिए। दोस्रो पटकको चुनावमा पनि उनको पार्टी पहिलो बनेपछि दोस्रो कार्यकालमा पनि उनी प्रधानमन्त्री चुनिएका हुन्।






