कप्तान छाड्ने कोहलीको घोषणासँगै दौडमा रोहित

भारतीय टिमका कप्तान विराट कोहलीले विश्वकपपछि टी २० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेसँगै कप्तानको दौडमा अर्का स्टार खेलाडी रोहित शर्मा सर्वाधिक अघि छन्।
बिहीबार बिराटले ट्विट गर्दै टी९२० विश्वकपपछि टी९२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले आफूलाई कामको लोड बढी भएको भन्दै कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले लिमिटेड ओभरबाट कप्तान छाड्ने यसअघिनै चर्चा भए पनि उनले कहिले छाड्लान भन्ने यकिन थिएन।
विराटले कप्तान छोड्ने घोषणा ट्विटरमार्फत एक लेटर शेयर गर्दै गरेका हुन्। उनले सार्वजनिक गरेको लेटरमा उनले कामको लोड बढी भएका कारण छोड्ने निणयमा पुगेको बताएका छन्।
म पछिल्लो ८९९ वर्षयता तीनै फर्म्याटमा खेलिरहेको छु साथै ५९६ वर्षयता लगातार कप्तानको भूमिकामा छु‚’ उनले भने‚ ’मैले महसुस गरेको छु कि टेस्ट तथा एक दिवसीय कप्तानका लागि तयारी गर्ने अझ बढी समय चाहिएको छ।
विराटअघि एक दिवसीय र टी९२० कप्तानमा धोनी थिए। २०१७ मा धोनीले एक दिवसीय र टी९२० को पनि कप्तान छाडेपछि विराट कप्तान भएका थिए। त्यसअघिनै टेस्टमा भने २०१४ मानै धोनीले छाडेपछि कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए।
अब सात वर्षपछि पुन अलग९अलग फर्म्याटमा अलग कप्तान हुने छन्। यो पटक टेस्ट र एक दिवसीयमा कोहली रहँदा टी९२० मा नयाँ कप्तानले भुमिका निर्वाह गर्ने छन्।




