कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने भएका छन्।

कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौँ नम्बरमा छन्  । केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने

जर्मनीद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने

कबड्डी ४ मा भिक्षु बने दयाहाङरु

Leave a comment

Your email address will not be published. Required fields are marked *