अधिकांश सडकमा चल्दैनन् गाडी सडक मर्मतमै बर्सेनि करोडौं खर्च

सुर्खेत । सुर्खेतको पश्चिम बड्डीचौरदेखि लगामसम्म जोड्ने सडक हिलाम्य बनेको छ । वर्षात् सुरु भएसँगै विजौरादेखि लगामसम्मको सडकमा सवारी साधन चल्न बन्द भएका छन् । ठाउँ–ठाउँमा पहिरो गएको छ ।

कुनै क्षेत्रमा पहिरोले सडक नै बगाएको छ । समथर खण्डमा सडक पोखरीका रुपमा परिणत भएको छ । यो सडक खण्डमा जेठदेखि नै ठूलादेखि साना सवारी साधन चल्न सकेका छैनन् । मोटरसाइकल समेत आवात–जावतमा समस्या छ ।

चौकुने गाउँपालिकाले भने आगामी कार्यकालभित्रै विजौरादेखि लगामसम्मको सडक ग्राबेल गर्ने लक्ष्य लिएको छ । तर वर्षात् लागेपछि ग्राबेल कार्य रोकिएको छ । डोजर, लोडर र जेसीवी लगायतका मेसिनहरु सडकमै थन्किएका छन् । विजौरा–लगाम सडक खण्ड मात्रै होइन, सुर्खेतका अन्य ग्रामीण सडकको अवस्था पनि उस्तै छ ।

यस्तै सल्यानको सल्लिवजार–रुकुम–चौरजहारी सडकको वर्षा लागेसँगै हिलाम्मे बनेको छ । हप्ता दिनदेखि सडकमा ठूला सवारी साधन गुड्न सकेका छैनन् । सडक हिलाम्य भएपछि यात्रुबहाक बस सेवा रोकिसकेका छन् । सा

ना र निजी सवारी साधन पनि मुस्किलले सञ्चालन हुँदै आएका छन् । तर गन्तव्यमा पुग्न निकै हैरानी खेप्नुपर्छ । सडक खण्डको सितलनेटा, नैयटा, कइनडा, नेटा लगायतका क्षेत्रमा बारम्पार सवारी साधन हिलोमा फस्दै आएका छन् । ट्याक खुलेको १९ वर्ष वितिसक्दा पनि अहिलेसम्म यो सडक ग्राबेलसमेत हुन सकेको छैन ।

सल्लीबजार चौरजहारी सडक खण्डमात्रै होइन, सल्यानमा पनि अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । सल्यानका ८३ वटै वडामा सडक पुगेको छ । हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षायाममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन् ।

दैलेखको दुल्लुबजार क्षेत्र, कीर्तिखम्ब चोकदेखि पटांगिनी, दुल्लु संग्राहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म हाल उस्तै छ । सडकमा ठूल्ठूला खाल्डा बनेका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलोले स्थानीयले सास्ती खेप्नु परेको हो । यो सास्ती खेप्न थालेको वर्षौं बितिसकेको स्थानीयको गुनासो छ ।

दुल्लुका स्थानीय कृष्णप्रसाद आचार्य भन्छन्, ‘नगरपालिकाले सडक स्तरोन्नतिमा चासो नदिँदा नागरिकहरूले सास्ती बेहोर्नु परेको छ ।’ सडक सुधार नहुनुमा नगरपालिकाको चरम लापरबाही रहेको आचार्यको भनाइ छ । हिलाम्य सडककै कारण पैदल यात्रुले सास्ती बेहोर्नु परेको र सवारी साधन सञ्चालनमा कठिनाइ भएको स्थानीय जीतेन्द्र थापाले बताए ।

‘नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको चरम लापरबाहीका कारण दुल्लु क्षेत्रको परिचय नै हिलाम्य र खाल्डे सडक बनेको छ,’ थापाले भने, ‘सडक सुधार नहुँदा दुल्लु क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले सास्ती खेप्नुपरेको छ ।’ त्यसबाहेक दैलेख सदरमुकामबाट गमौडी हुँदै दुल्लु जोड्ने, माथिल्लो डुंगेश्वरदेखि बैंक बजार हुँदै दुल्लु जोड्ने, तल्लो डुंगेश्वरबाट रातामाटे हुँदै दुल्लु बजार जोड्ने सडकमा खाल्डाखुल्डी र हिलाम्य छ ।

प्रदेश र संघीय सरकारबाट सडक स्तरोन्नतिको काम थालनी भएपछि नगरपालिकाले बजेट नछुट्याएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । अहिले सबैभन्दा बढी सास्ती भएको घियातिदुदेखि दुल्लु संग्राहालय, पटांगिनी हुँदै दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकसम्मको सडक स्तरोन्नतिको पक्रिया आर्थिक वर्ष २०७६÷७७ बाटै थालनी गरिएपछि पूरा हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय दैलेखबाट आर्थिक वर्ष २०७६/७७ मा उक्त सडक स्तरोन्नतिका लागि १० करोडको ठेक्का खोली सबै प्रक्रिया पूरा गरेपछि रद्द गरिदिएको नगर प्रमुख भण्डारीले बताए । ‘पूर्वाधार विकास कार्यालयबाटै गत आर्थिक वर्षमा नौ करोड बराबरको ठेक्का प्रक्रिया पूरा भएको छ, तर अहिलेसम्म काम सुरु हुन सकेको छैन’ नगर प्रमुख भण्डारीले भने ।

दुल्लुलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट व्यवस्था नगरेको नगर प्रमुख भण्डारीको गुनासो छ । दुल्लु बजारस्थित पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने कीर्तिखम्ब चोक क्षेत्रको सडक स्तरोन्नतिका लागि ठेक्का भई कर्मठ किसान कन्स्ट्रक्सनले जिम्मा लिएर अलपत्र पारेको नगर प्रमुख भण्डारी बताए । बर्खासँगै अबरुद्ध भएका उल्लेखित सडक केही प्रतिनिधि मात्रै हुन् ।

लगातारको बर्षाका कारण कर्णालीका सबै सडकहरु अबरुद्ध भएका छन् । सडक अबरुद्ध हुँदा आवाज–जावतमा समस्या भएको छ । स्थानीय र प्रदेश सरकारले ट्याक खोलेका सडकहरु बर्षाैसम्म स्तरोन्नति हुन सकेका छैनन् । यही कारण हरेक बर्खामा ग्रामिण सडकमा सास्ती हुँदै आएको छ ।

कर्णाली राजमार्गको अवस्था पनि उस्तै

कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट जुम्ला जोड्ने सडक हो कर्णाली राजमार्ग । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन् । सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् ।

ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । पुल क्षेत्रमा खसिरहेको पहिरोले पुललाई क्षति पु¥याउन थालि सकेको छ ।

कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक जीवन सुनारले बताए । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको सुनारले बताए । उनले साघुँरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको गुनासो पोखेँ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेका रामबहादुर बुढाले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए । सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

राप्ती लोकमार्गको २४ घण्टा जेसीवी

राप्ती लोकमार्ग अन्तरगत वर्षायाममा पटक पटक बन्द भइरहने कपुरकोट–तुलसिपुर सडक खण्डको अवरोध हटाउन जेसीवी खटाइएको छ । सडक अवरोध हटाउन सडक डिभिजन कार्यालय दाङले २४ घण्टा एउटा जेसीविको खटाएको हो ।

गत हप्तामात्रै कपुरकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ तथा सल्यान जिल्लाका सुरक्षा निकाय सहितको बैठकमा राप्ती लोकमार्गको अबरोध हटाउन २४ घण्टा जेसीवी खटाउनुपर्ने निर्णय गरेका थिए ।

सोही निर्णय अनुसार राप्ती लोकमार्गमा २४ घण्टा उपलब्ध हुनेगरी जेसीवी खटाइएको सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजन ईन्जिनियर निरज शाख्यले जनाए । रुकुमपश्चिम, सल्यान हुँदै दाङसम्म जोड्ने राप्ती लोकमार्गमा हाल सडक स्तरोन्नति समेत गर्दै आएको छ ।

अधिकांश सडकमा चल्दैनन् गाडी सडक मर्मतमै बर्सेनि करोडौं खर्च

घुँयत्राे

अधिकांश सडकमा चल्दैनन् गाडी सडक मर्मतमै बर्सेनि करोडौं खर्च

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

Leave a comment

Your email address will not be published. Required fields are marked *