अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ।

अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।

नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो ।

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

अधिकांश सडकमा चल्दैनन् गाडी सडक मर्मतमै बर्सेनि

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

लयर्स एसोसिएसनमा पुनः सापकोटा

Leave a comment

Your email address will not be published. Required fields are marked *