घुँयत्राे

देउवा प्रधानमन्त्री हुने वित्तिकै बुहारीलाई मन्त्री बनाएर राष्टको ढुकुटी लुटम्ला भनेर चहलपहल बढाका प्रचण्ड देउवाले मन्त्रीमण्डल विस्तार नगर्देछि रिसले पुत्ताएर देउवासित बोल्चालै बन्दभो भन्छन् त !

चुनावका बेला आफ्ना मान्छे मन्त्री बनाएर जम्मा गर्या धनराशिले पार्टी चलाउने भोट किन्ने दाउमा लाग्या प्रचण्ड केन्द्राँ मन्त्री बनाउन नसकेछि अब प्रदेशका सरकारलाई करोडौँ रुप्पियाँ छुट्याएर कार्यकर्ता र चुनाव खर्च निकाल्ने दाउमा छन् । कर्नालीयाँ करोडौँ रुप्पियाँ बाँड्न माओवादी नेताहरुको समिति नै बनाईया छ ।

विभिन्न शिर्षकाँ राख्या रुप्पियाँ बाड्न गोप्य तरिकाले काम थालेका मुख्यमन्त्रीले अब काँग्रेस र एमाले नै रुष्ट भएनी आफ्नो सरकार अपदस्त गर्ने शक्ति नभएको भन्दै अहिलेको सत्ता साझेदार काँग्रेसहरु छोडेर गएनी केही फरक नपर्ने बताउन थालेका छन् ।

न त सरकार न प्रतिपक्ष । कुनै पनि भूमिका निभाउन नसक्ने काँग्रेस भने सरकाराँ रहेर पनि माओवादीहरु के खेल खेलाउँदै छन् भन्ने कुराँ अनभिज्ञ छन् । पार्टी बनाउन र सत्ता चलाउन रुपियैँले सकिन्छ भन्ने बुझेका माओवादी नेता र त्यसमा पनि कर्नालीका मुख्यमन्त्रीको पाटि चलाउने र सरकार चलाउने दक्षता भनेकै धन हो ।

धन नभै मान्छेको मन पगाल्न सकिन्न भन्ने कुरा राम्रोसित बुझेका महेन्द्रबहादुर शाही अबका करिब दुईबर्षे कार्यकाल सरकारी ढुकुटीलाई पार्टीको ढुकुटी बनाउने तरखरमा लाग्याछन् । आउँदो चुनावमा कर्नालीमा बहुमतको सरकार बनाउने लक्ष्यका साथ हिँडेको कर्नालीको माओवादी सरकारलाई रोक्न अब कसैले पनि सक्नेवाला छैन ।

किनभने केन्द्रमा माओवादीसित मिलेर काँग्रेसले सरकार बना हुनाले उसले रोक्न खोजे पनि ऊ रोकिने छैन किन भने प्रदेशाँनि काँग्रेसका दुईटा मन्त्री छन् । त्यसैले पनि माओवादीहरु बेरोकथोक जनता र कार्यकर्तालाई पैसा बाँडन सक्छन् ।

कर्नालीमा कोरोनाले गर्दा भोकले थलिएका जनता “जसको पैसा, उसको भोट“ भनेर आफ्नो मतलाई पैसामा तौलन सक्छन् । कर्नाली भनेको अर्काको आशमा बाँच्ने हो । कसैले भोको पेटमा अन्न हाल्दिन्छु भन्छ भने नहाल भनेर अरुका पछि दगुर्ने कुरैछैन । युगौँदेखि धान फलाएर खानभन्दा अनुदानमा पाएको चामल खाएर पेट मुसार्दै हिँड्ने बानिभाका हामी पैसाँ नबिक्ने आधारै छैन ।

१० बर्ष जनयुद्धका नाममा जंगल जंगल चहारेका माओवादीले कर्नालीका जनताको नशानशा छाम्याछन् । ह्याँका जनता र नेताको नाडी र नसा नसमातेको भए २० जनाको विरुद्धमा १३ सांसद भाको कर्नालीयाँ पाँच बर्ष शासन गर्दा हुन् माओवादीले ।

शासन कसरी चलाउने भन्ने बुझेका माओवादीले अब पैसा कसरी कमाउने भन्ने पनि बुझि सक्याछन् । त्यसैले अब माओवादीका विरुद्ध यसो गर्छाैँ उसो गर्छाैँ भनेर फूर्ति नलाएनी हुन्छ । बरु “माओवादी आउ सत्ता चलाउ“ भनेर तुम शरणमः गर्दे हुन्छ । त्यसपछि प्रचण्डले खाउनकी शाहीले खाउन हाम्लाई बाल मतलव । त्यसपछि “कर्नाली जाउँ पैसा खाउँ नेता बनाउँ“ को नारा घन्काय भैगोनी । कि कसो !
वेदर्षि

घुँयत्राे

स्वरोजगार सिर्जना

घुँयत्राे

अधिकांश सडकमा चल्दैनन् गाडी सडक मर्मतमै बर्सेनि

Leave a comment

Your email address will not be published. Required fields are marked *