१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाण्डौ : १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५र५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।

चार देश सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।

१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने

१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

सुनको मूल्य घट्यो‚ चाँदीको स्थिर

Leave a comment

Your email address will not be published. Required fields are marked *