पुनर्निर्माण प्राधिकरणको खारेजी प्रकिया थालियो, आजै पत्रकार सम्मेलन

काठमाडौं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसँग सम्बन्धित बाँकी कार्यहरु आजदेखि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण गर्न शुरु गर्ने भएको छ।
सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको चरणमा बाँकी रहेका कामहरू विषयगत मन्त्रालयमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो।
प्रधानमन्त्री एवम् प्राधिकरणका निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा भदौ ९ गते बसेको बैठकले निजी आवास लगायतका कार्यहरुको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार आज शिक्षा विभाग, शहरी विकास विभाग र स्थानीय पूर्वाधार विभागलाई प्राधिकरणले काम शुरु हुन र सम्पन्न हुन बाँकी आयोजनाहरुको जिम्मेवारी हस्तान्तरण गर्न लागेको हो।
त्यसका लागि प्राधिकरणले आज दिउँसो एक औपचारिक कार्यक्रमको आयोजना समेत गरेको छ। सरकारले आगामी पुस १० गतेपछि प्राधिकरण नै खारेज गर्ने तयारी गरेअनुसार बाँकी रहेका काम सम्बन्धित विषयगत मन्त्रालय अन्तर्गतका विभागलाई जिम्मा लगाउन लागिएको हो।
२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका घर, भवन तथा सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन सोही वर्षको पुस १० गते सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो।

आज देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पुनर्निर्माण प्राधिकरणको खारेजी प्रकिया थालियो, आजै पत्रकार सम्मेलन

तालिबान सरकारभित्र विवाद चर्कियो,

Leave a comment

Your email address will not be published. Required fields are marked *