२०८३ आश्विन १८ गते
×

Now Playing

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता

एजेन्सी । भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरू भएको छ।

भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरू भएको हो।

सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण यहाँको आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ।

त्यसैले यहाँको राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरू भएको अधिकारीले जानकारी दिएका छन्। सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका विषयमा सहमति खोज्नेबारे कुराकानी हुने बताइएको छ।

यसका लागि यहाँ आमनिर्वाचनका विषयमा पनि सहमतिको प्रयास हुने बताइएको छ।

यसअघि सन् २०१८ मा पनि यहाँको सरकार र विपक्षीबीच डोमिनिक रिपब्लिकमा वार्ता भएको थियो। त्यस वार्ताका क्रममा भने कुनै सहमति हुनसकेको थिएन।

खासगरी भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र यहाँका विपक्षी दलका नेता जुआन गुएइदोबीच सहमति हुन नसकेको बताइएको थियो।

सो वार्ताका क्रममा भेनेजुएलाको नाकाबन्दीको विषयमा पनि छलफल हुने पनि बताइएको छ।

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता

हाइटीमा शक्तिशाली भूकम्प, ३०४ जनाको मृत्यु

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता

भारतको ७५औँ स्वतन्त्रता दिवस, लालकिल्लामा मोदीको सम्बोधन

Leave a comment

Your email address will not be published. Required fields are marked *