भारतको ७५औँ स्वतन्त्रता दिवस, लालकिल्लामा मोदीको सम्बोधन

काठमाडौं : भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै छ। यसअवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा झन्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उनले अगस्ट १४ लाई ‘विभाजन–विभिषिका स्मृती दिवस’का रुपमा मनाउने घोषणा गरे। यहाँ हालैमात्र ओलम्पिक खेल जितेर फर्किएका भारतीय खेलाडीहरूलाई सम्मान पनि गरिनेछ। कोरोना महामारीका कारण सिमित मानिसको उपस्थितमा स्वतन्त्रता दिवस मनाउन थालिएको हो।

यस अवसमा भारतीय वायु सेनाले हेलिकोप्टरबाट पुष्पवर्षा गराएको थियो। स्वतन्त्रता दिवस मनाउनका लागि राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

यो वर्ष प्रधानमन्त्रीको गार्ड अफ अनरको दस्तामा जल, स्थल र वायु सेनाबाहेक दिल्ली पुलिसको एक(एक अधिकारी तथा बीसजना मानिस हुनेछन्। यो वर्ष गार्ड अफ अनरको अगुवाइ भारतीय जलसेनाले गरेको छ।

पाकिस्तानले भने अगस्ट १४ मा आफ्नो स्वतन्त्रता दिवस मनाएको छ।

भारतको ७५औँ स्वतन्त्रता दिवस, लालकिल्लामा मोदीको सम्बोधन

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता

भारतको ७५औँ स्वतन्त्रता दिवस, लालकिल्लामा मोदीको सम्बोधन

भेडाको मुख र मान्छेको दाँत भएको माछा

Leave a comment

Your email address will not be published. Required fields are marked *