भेडाको मुख र मान्छेको दाँत भएको माछा

एजेन्सी । अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ।​ ​

नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेका थिए।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्।

उक्त माछाको मुख र भेडाको मुख उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई ‘शीप्सहेड’ नामकरण गरिएको हो।​

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका थिए। ‘मुखभरि दाँत भएको’ माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए।

स्थानीय समाचार संस्थासँग कुरा गर्दै उनले उक्त माछा समात्न पाएकोमा खुसी भएको बताए। उनले त्यो माछा निकै स्वादिलो हुने पनि बताए।

भेडाको मुख र मान्छेको दाँत भएको माछा

भारतको ७५औँ स्वतन्त्रता दिवस, लालकिल्लामा मोदीको सम्बोधन

भेडाको मुख र मान्छेको दाँत भएको माछा

तालिबान लडाकु राजधानी काबुल नजिक पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *