यूएईले नेपालसहित १४ देशमा लगायो यात्रा गर्न प्रतिबन्ध

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा साउन ६ गतेसम्मका लागि यात्रामा जान प्रतिबन्ध लगाएको हो।

यूएईले आफ्ना नागरिकलाई नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन्ध लगाएको हो।

यस्तै यूएईको विदेश मन्त्रालयले अन्य देशको भ्रमणमा पनि कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ।

यूएईले नेपालसहित १४ देशमा लगायो यात्रा गर्न प्रतिबन्ध

ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

यूएईले नेपालसहित १४ देशमा लगायो यात्रा गर्न प्रतिबन्ध

ओली समूहका सांसद मन्त्री माग्दै बूढानीलकण्ठमा !

Leave a comment

Your email address will not be published. Required fields are marked *