ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर एम बोल्सोनारो अस्पताल भर्ना भएका छन्। पछिल्लो १० दिनदेखि लगातार हिच्कि आएपछि राष्ट्रपति बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।

राष्ट्रपति बोल्सोनारोको इमर्जेन्सी सर्जरी गर्नुपर्ने हुनसक्ने बिबिसीले उल्लेख गरेको छ। उनलाई हाल साओ पाउलोको एक अस्पतालमा थप परिक्षणको लागि सारिएको बताइएको छ।

उनी शुरुमा ब्रासिलियाको आर्मी अस्पतालमा गएर अब्जर्भेसन बसेका थिए। तर उनलाई चिकित्सकले थप परिक्षण गर्ने भन्दै साओ पाउलोको एक अस्पतालमा सारेको बताइएको छ।

२०१८ को चुनावी प्रचारका बेला छुरा प्रहार हुदा गम्भीर भएका राष्ट्रपति बोल्सोनारोको अहिलेको समस्या पनि सोहि घटनासँग सम्बन्धि भएको हुनसक्ने बताइएको छ।

त्यसबेला उनले आफ्नो ४० प्रतिशत रगत गुमाएर गम्भीर अवस्थामा पुगेका थिए।

ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

यूएईले नेपालसहित १४ देशमा लगायो यात्रा गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *